logo
  • शुक्रबार, असोज ३० २०८३

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड


  • बिहिबार, साउन १८ २०८०

१८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ ।

असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ ।मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो ।प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा मन्त्रीहरुसहित जम्बो टोली सहभागी थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend