logo
  • शुक्रबार, असोज ३० २०८३

पाल्पामा एकैरात दुई बालिकामाथि करणी प्रयास आरोपमा एक युवा पक्राउ


  • बिहिबार, साउन १८ २०८०

बुटवल । एकै रात दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले बताएका छ ।

आरोपित ठडराईले गएको आइतबार रातको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही रात तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए । पीडितको जाहेरीको आधारमा आरोपित युवालाई मँगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend