logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालक पक्राउ


  • मंगलबार, साउन १६ २०८०

बुटवल ।

बुटवलमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी द्रिएकी थिइन् ।

पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा ती बालकले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको थिए । प्रहरी आरोपित बालकलाई साउन १४ गते उनको घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताए।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend