logo
  • शुक्रबार, असोज ३० २०८३

कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • सोमबार, साउन १५ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उक्त गाउँपालिका–७ अन्तर्गतको सडक पिसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँचपछि भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको आरोप यादवविरुद्ध छ । आयोगको बुटवलस्थित शाखाले  यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा इन्जिनियर यादवले कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।

इन्जिनियर (सेवा करार) यादवको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend