logo
  • शुक्रबार, असोज ३० २०८३

चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • आइतबार, साउन १४ २०८०

काठमाडौं।

काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend