logo
  • शुक्रबार, असोज ३० २०८३

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध


  • आइतबार, साउन १४ २०८०

१४ साउन, काठमाडौं ।

लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend