२२ असार
भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजदेखि भैरहवामा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । पार्टी प्रदेश, जिल्ला, क्षेत्र, पालिका समितिका पदाधिकारी तथा सदस्य र विभिन्न विभागका प्रमुख एवं प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहने रास्वपाले जनाएको छ ।

रास्वपा प्रदेश समितिले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी दुई दिनको प्रशिक्षण आयोजना गरिएको जनाएको छ । शुक्रबार दिउँसो देखि सुरु हुने प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रीय समिति उपसभापति डीपी अर्यालले उद्घाटन गर्ने छन् । पहिलो दिनको प्रशिक्षण कार्यक्रममा उपसभापति अर्यालसहित पार्टी महामन्त्री डा.मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, प्रचारप्रसार प्रमुख विपिन आचार्य, प्रशिक्षण विभाग सचिव कमल सुवेदी, केन्द्रिय सदस्य शिशिर खनाल, मनिष झा, अनिल केसरी साह लगायतले प्रक्षिण दिने प्रदेश समिति महामन्त्री निलराज अधिकारीले जानकारी दिए ।
पार्टी प्रदेश समिति सभापति देवराज पाठकले प्रशिक्षण कार्यक्रमले पार्टी संरचनालाई थप मजबुत पार्ने जनाए । ‘यसले पार्टीका विभिन्न समितिमा रहने साथीहरुको नेतृत्व क्षमता विकास र सशक्तिकरण गर्नका लागि महत्वपूर्ण योगदान दिनेछ’, उनले भने । उनले प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पार्टी सभापति रवि लामिछाने प्रशिक्षण दिन आउने जनाए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend