१२ साउन, जनकपुरधाम ।
जनकपुरधामको रामानन्द चोकस्थित सुरक्षा अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको घटना पैसा लेनदेन गरी मिलाइएको खुलेको छ । यस घटनामा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले स्पष्टीकरण सोध्दा २०७८ सालमा दर्ता भएको यो अस्पताल नवीकरण नभएको पाइएको छ ।
पाठेघरको उपचारको लागि गत साउन ३ गते अस्पताल भर्ना भएकी जनकपुरधाम–१६ कपिलेश्वरकी ३६ वर्षीया सोनिया साहको दुई दिनपछि मृत्यु भएको थियो । वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पंजियारको समन्वयमा मृतक परिवार र अस्पतालबीच रकम लेनदेन गरी मिल्ने निर्णय भएको हो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend