logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल र तिलोत्तमाका स्पामा छापा, अमर्यादित गतिविधि गर्ने १२ जना पक्राउ


  • बुधबार, साउन २७ २०८३

बुटवल । रुपन्देहीको बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित २५ वटा स्पामा प्रहरीले एकैपटक छापा मारेको छ।

स्पा तथा मसाज सेन्टरको आवरणमा अमर्यादित तथा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले बुधबार विभिन्न स्थानमा रहेका स्पामा एकसाथ अनुगमन तथा छापा मारेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवका अनुसार छापाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा इनटाउनबाट सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समय बुटवल तथा तिलोत्तमा क्षेत्रमा सञ्चालन भइरहेका केही स्पामा सेवा प्रवाहको नाममा मर्यादाविपरीत  असामाजिक गतिविधि भइरहेको सूचना प्राप्त भएपछि निगरानी बढाएको थियो। सोही सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी एकैपटक २५ वटा स्पामा निरीक्षण गरिएको डिएसपी श्रीवास्तवले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend