logo
  • शुक्रबार, असोज ३० २०८३

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री कार्कीसँग १५ लाख धरौटी माग


  • सोमबार, साउन २५ २०८३

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सोमबार (साउन २५) भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कांग्रेसका नेतासमेत रहेका कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचारको दाबीसहित कार्कीसहितका प्रतिवादीविरुद्ध तीन अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दाको बयान र थुनछेक प्रयोजनका लागि कार्की विशेष अदालतमा हाजिर भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend