logo
  • शुक्रबार, असोज ३० २०८३

निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने


  • आइतबार, साउन २४ २०८३

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ)को शव अन्तिम संस्कारको निम्ति बेलायत लगिएको छ ।

“निर्मल पुर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामावादबाट बेलायत लगिएको छ । बेलायतमा नै उहाँको अन्तिम संस्कार गरिनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले  भन्यो, “परिवारको चाहनाअनुसार निर्मल पुर्जाको शव बेलायत लगिएको हो ।”

ब्रोड पिक हिमपहिरोमा परेर विश्व निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ जना नेपाली थिए ।

दुर्घटनास्थलबाट निर्मल पुर्जासहित चारजनाको शव गत शुक्रबार इस्लामावाद ल्याइएको थियो । शुक्रबार दिउँसो इस्लामावाद ल्याइएकामा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको थियो । एक नेपालीको शव घटनास्थमै रहेको छ ।

मृत्यु हुने ६ नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’ को शव बिहीबार (साउन २१) नेपाल ल्याइएको थियो ।

घटनास्थलमा अझै एक नेपाली नवाङ थिन्डु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकीको शव रहेको जनाइएको छ । भौगोलिक कठिनाइ र खराब मौसमका कारण उनीहरूको शव संकलन गरी ल्याउन नसकिएको स्रोतले बतायो ।

“इस्लामावाद ल्याइएका तीन नेपालीको शव सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मंगलबार काठमाडौं ल्याउने र नभए बुधबार ल्याउने तयारी भइरहेको छ,” स्रोतले भन्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend