बुटवल । बुटवलस्थित सिद्धबाबा अस्पताल र वेस्टर्न मेगा कलेज, बुटवल–१५, ढवाहा बीच समुदायमा स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा सामाजिक सेवामूलक कार्यहरू प्रवद्र्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा मिति २०८३ साउन २१ गते बिहीबार दुवै पक्षका प्रतिनिधिहरू बीच हस्ताक्षर गर्दै सम्झौतालाई औपचारिकता प्रदान गरिएको छ। सम्झौता पत्रमा वेस्टर्न मेगा कलेजका तर्फबाट प्राचार्य अधिवक्ता किसु शर्मा र सिद्धबाबा अस्पतालका तर्फबाट प्रशासन उप–प्रमुख प्रदीप ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार वेस्टर्न मेगा कलेजका विद्यार्र्थी तथा कर्मचारीहरूले सिद्धबाबा अस्पतालमा उपचार गराउँदा कुल खर्चमा १० प्रतिशत, ल्याब परीक्षणमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
यसका साथै दुवै संस्थाले संयुक्त रूपमा समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण, रक्तदान तथा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछन्।
\सम्झौता अवधि १ वर्षको रहनेछ र यसमा कुनै प्रत्यक्ष आर्थिक दायित्व रहने छैन भन्ने जानकारी कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले गराए । कार्यक्रम सञ्चालनका क्रममा सिद्धबाबा अस्पतालले आवश्यक स्वास्थ्यकर्र्र्मी, प्राविधिक सहयोग, स्वास्थ्य उपकरण, परामर्श तथा उपचार सेवा उपलब्ध गराउनेछ। त्यसैगरी वेस्टर्न मेगा कलेजले स्वयंसेवक परिचालन, कार्यक्रम समन्वय, प्रचारप्रसार तथा सहभागी व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्ने भएको छ ।
वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा द्यज्ः पढाउँदै आएको र यस वर्षदेखि ४ वर्षे BHM समेत अध्यापन सुरु गरेको छ । उत्कृष्ट छात्रवृत्ति सहित शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा ४ वर्षे BIT & BHM एवं स्नातकोत्तर तहमा २ वर्षे MBA भर्ना समेत खुलेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend