बुटवल । “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्तिू भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निस्किएको छ । एमआरआरको आयोजना तथा राजा(ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिदको सर्मथनमा सद्भाव र्याली निकालिएको हो।
बुटवलको राजमार्ग चौराहबाट बेलुका साढे ५ बजे र्याली निस्किएर ट्राफिकचोकसम्म पुगेको एमआरआरका अभियान्ता कमल सापकोटा लम्बु सरकारले बताए ।
र्यालीमा स्वतस्फुर्त मानिसको सहभागिता रहेको थियो ।ब्यानरमा बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल समेत लेखिएको छ ।
राजमार्ग चौराहाबाट निकालिएको र्याली मिलनचोक, बसपार्क, अस्पताललाईन, ट्राफिकचोकमा पुगेर सकिएको थियो ।
र्यालीमा सहभागीहरूले मुलुकमा सामाजिक एकता कायम गर्न आग्रह गरेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend