बुटवल । बुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा कक्षा ११ का मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गरिएको हो । स्वागत तथा अभिमुखिकरण कार्यक्रमको संस्थापक प्राचार्य शिव गुरुङले उदघाटन गरे ।
सो अवसरमा बोल्दै उनले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, नेतृत्व क्षमता र जीवनोपयोगी सीपको विकासमा विद्यालय प्रतिबद्ध रहेको भन्दै यस क्षेत्रमा नै निजि क्षेत्रमा स्कलर्स होम पहिचान बनाउन सफल भएको बताए ।
कार्यक्रममा विद्यालका प्राचार्य बाबुराम बन्जाडेले कक्षा ११ र १२ विद्यार्थीहरुका लागि महत्वपूर्ण आधार स्तम्भ भएकाले अनुशासित, जिम्मेवार र सिर्जनशील भएर अध्ययन गर्न आग्रह गरे । सुचना र प्रविधिको विकासले विश्व सानो ग्लोबल भिजेल भएकाले राम्रोसाग अध्ययन गरे विश्वको जुनसुकै ठाउँमा गएर पनि सजिलैसँग रमाउन सकिने बताए । विद्यार्थीहरुलाई संस्कार सहितको सिपलाई बढवा दिएर अध्ययन गराउने र बताए ।
कार्यक्रममा अन्तराष्ट्रिय मोटिभेसनल स्पिकर ईमरान खानले विद्यार्थीहरुलाई मानव जिवन, सोच र सफलताको बारेमा अभिमुखिकरण दिए । कल्पनाशक्ति (ईमेजिनेशन) सकारात्मक हुदै हरेक ब्यक्तिको सोच, योजना र एक्सनमा उत्रनुपर्ने उनले बताए । मानिसको संगत, बसाईबाट उसको पहिचान बन्ने, कम्फर्ट जोन र रिक्स जोन, गुरुको महत्वबारे समेत उनले प्रकाश पारे ।
कार्यक्रममा कक्षा ११ मा उत्कृष्ट नतिजासहित प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरु क्रमशः दर्शन रेग्मी, ज्योति पौडेल, आकृति श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको थियो । यस्तै व्यवस्थापन संकाय तर्फ प्रथम, द्वितीय, तृतीय हुने क्रमशः दर्शन रेग्मी, आश्वीन कुँवर, लक्ष्मण लोध र विज्ञान संकायमा प्रथम हुने ज्योति पौडेल, द्वितीय हुने आकृति श्रेष्ठ र तृतीय हुने आकरिती श्रेष्ठलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कलेजका प्राचार्य दीपक ढकाल, उपप्राचार्य टिकाराम गौतम, प्रशासन प्रमुख राजु भण्डारीले नयाँ विद्यार्थीहरुलाई सामाजिकिकरण हुने गरि कार्यक्रम जरुरी रहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम कक्षा १२ का छात्र दर्शन रेग्मीको अध्यक्षता र रामु रोकाको संचालनमा सम्पन्न भएको थियो ।
३ वटा ब्लकमा संचालनमा रहेको स्कर्लस होम स्कुलमा अहिले १५०० भन्दा धेरै विद्यार्थीहरु अध्यापनरत रहेका छन् भने १२० बढी शिक्षक कर्मचारी रहेका छन् । विद्यालयले माध्यमिक तह, एसइइ लगायतका राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरेको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend