logo
  • शुक्रबार, असोज ३० २०८३

वरिष्ठ पशुचिकित्सक लोकराज भुसाललाई लुम्बिनी प्रदेशमा बिदाइ


  • शुक्रबार, साउन ८ २०८३

बुटवल, साउन ८ । नेपाल सरकारको कृषि मन्त्रालयअन्तर्गत पशुसेवा विभाग मातहतका विभिन्न निकायमा करिब ३९ वर्ष सेवा गरेका वरिष्ठ पशुचिकित्सक लोकराज भुसाललाई लुम्बिनी प्रदेश सरकारले बिदाइ गरेको छ ।

भुसालले विसं २०४४ सालदेखि सरकारी सेवामा रही पशु स्वास्थ्य तथा कृषि क्षेत्रमा योगदान पुर्‍याउँदै आएका थिए । पछिल्लो पाँच वर्षदेखि लुम्बिनी प्रदेशमा समायोजन भई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र मातहतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा वरिष्ठ पशुचिकित्सकका रूपमा कार्यरत थिए ।

उनले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा सूचना अधिकारीको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए । लुम्बिनी प्रदेशका कृषक, उद्यमी, डेरी व्यवसायी तथा दुग्ध उत्पादक सहकारी संस्थालाई आवश्यक प्राविधिक सेवा, परामर्श तथा सुझाव प्रदान गर्नुका साथै कृषि तथा पशुपन्छी क्षेत्रको नीतिगत विकासमा सकारात्मक पैरवी र वकालत गर्दै भुसालले महत्वपूर्ण योगदान पुर्‍याएको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।

भुसालले गत असार १७ गतेदेखि स्वेच्छिक अवकाश लिएका हुन् । उनको सम्मानमा मन्त्रालयले आयोजना गरेको बिदाइ समारोहमा लुम्बिनी प्रदेशका कृषि मन्त्री तुलसी चौधरीले कृषि प्राविधिक क्षेत्रमा भुसालले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

त्यस्तै, प्रदेश कृषि निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेयले लामो समयसम्म प्रदेशमा रहेर डा. भुसालले गरेको योगदानको सबैले प्रशंसा गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend