बुटवल ।बुटवल–१५, ढवाहा स्थित प्रतिष्ठित शिक्षण संस्था वेस्टर्न मेगा कलेजको आयोजनामा एक दिने सूचना प्रविधि विशेष सेमिनार ‘टेकफ्युचर २०२६ : आईटी सेमिनार तथा करियर काउन्सिलिङ ’ सम्पन्न भएको छ। कक्षा १२ को परीक्षा दिएर बसेका र सूचना प्रविधिको क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने उद्देश्यका साथ उक्त सेमिनार सम्पन्न गरिएको छ।
विशेष गरी ड्ड पाइथन, डाटा साइन्स, एआई र कक्षा १२ पछिको करियर रोडम्याप केन्द्रित यस कार्यक्रममा विद्यार्र्थीहरूको उल्लेख्निय र उत्साहजनक सहभागिता रहेको थियो। सेमिनारमा मुख्य प्रशिक्षकका रूपमा प्रबन्ध निर्देशक एआई, एमएल इन्जिनियर अमृत रानाभाट रहेका थिए । उनले विद्यार्थीहरूलाई वर्तमान समयमा एआई र डाटा साइन्सको महत्व तथा यस क्षेत्रमा रहेका अथाह अवसरहरूबारे प्रयोगात्मक र व्यावहारिक जानकारी प्रदान दिएका थिए ।
कार्यक्रमका बारेमा प्रकाश पार्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले आजको सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको युगमा कलेजले सैद्धान्तिक ज्ञानमा मात्र सीमित नरही बजारको मागअनुसार व्यावहारिक तथा प्रविधिमैत्री सीप प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताए ।उनले विद्यार्थीहरूलाई प्राविधिक रूपमा दक्ष, आत्मविश्वासी र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले कलेजले यस्ता नवप्रवर्तनात्मक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको समेत जानकारी गराए ।
यस सेमिनारको संयोजन तथा व्यवस्थापन विआइटि संयोजक कृष्ण श्रेष्ठले गरेका थिए । संयोजक श्रेष्ठले कलेजले आगामी दिनमा पनि यस्ता रोजगारमुखी र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर आयोजना गरिरहने जानकारी समेत गराउनुभयो । कार्यक्रमको सञ्चालन कलेजमा कार्यरत प्रशासनिक कर्मचारी श्री एलिजा बज्राचार्यले गरेकी थिइन्र ।
यस कलेजमा स्नातक तहमा ४ बर्षे विआईटि तथा विएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमविए अध्यापन गराईने र वर्ष २०८३ को भर्ना खुलेको तथा छात्रवृति समेत उपलब्ध भएकाले सूचना प्रविधि तथा होटल व्यवस्थापनमा स्नातक तह विआइटि एवं विएचएम अध्ययन गर्न चाहने विधार्थीले एक पटक कलेज भ्रमण गर्न समेत आहवान गरिएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend