बुटवल । बुटवल–१५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजको आयोजनामा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित ३० दिने निःशुल्क सीपमूलक हस्पिटालिटी तालिम सुरु भएको छ ।
उक्त कार्यक्रममा रुपन्देहि जिल्लाका विभिन्न विद्यालयबाट करिब ८० जना विद्यार्थी सहभागी भएको तालिममा तीनवटा विधालाई मुख्य प्राथमिकतामा राखिएको छ । जस अन्र्तगत बेकरी एण्ड किचन, बारिस्टा तथा एफ एण्ड बी सर्भिस, गेष्ट ह्याण्डलिङ एण्ड हाउसकिपिङ्ग रहेका छन् ।
विशेष गरी फुर्सदको समयलाई सदुपयोग गरी विद्यार्थीहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । प्रशिक्षार्र्थीहरूका लागि निःशुल्क दर्ता, निःशुल्क तालिम र तालिमको समाप्तिपछि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले बताए ।
तालिम दैनिक रूपमा बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुने बि. एच. एम. संयोजक सेफ बिकास खत्रीले जानकारी गराए । कलेजले तालिममा सहभागी विद्यार्र्थीका लागि अतिरिक्त सुविधाको रूपमा ’फ्री स्विमिङ’ समेत समावेश गरेको जनाएको छ ।
सन् २०१३ देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले अन्तर्राष्ट्रिय सम्बन्धनसहित व्यावहारिक र सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारका लागि सक्षम बनाउँदै आएको छ ।
यस कलेजमा स्नातक तहमा ४ बर्षे विआइटी तथा विएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमविए अध्ययन हुने र वर्ष २०८३ को भर्ना खुलेको जानकारी गराए ।