बुटवल । गुल्मीको मालिका गाउँपालिका ४ स्थित अर्खबाङ्ग स्वास्थ्य चौकी ठूलीचौरमा महिला स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर भएको छ ।
गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ अर्खबाङ्ग रुपन्देही सम्पर्क समाजको समन्वय, एण्डमड सिट हस्पिटलको प्राविधिक सहयोग, मालिका गाउँपालिकाको आयोजनामा उक्त शिविर भएको हो । महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा. ज्योति राना र उनको टीमले शिविरमा स्वास्थ्य चेक जाँच गर्ने छन् ।
शिविरमा पाठेघरको मुखको क्यान्सर (र्भाइकल क्यान्सर) को सुरुवाती अवस्थामै पहिचान गर्न ख्क्ष्ब् परीक्षण गरिनुका साथै पाठेघरसम्बन्धी विभिन्न समस्या, महिनावारी अनियमितता, अत्यधिक वा कम रक्तस्राव, तल्लोपेट तथा कम्मर दुख्ने समस्या, सेतोपानी बग्ने, प्रजनन अङ्गको सङ्क्रमण, डिम्बाशयको सिस्ट, बाँझोपन तथा गर्भावस्थासम्बन्धी जटिलताको परीक्षण तथा परामर्श प्रदान गरिने सम्पर्क समाजका उपाधयक्ष प्रेमबहादुर अर्यालले जानकारी दिए ।
त्यस्तै भिडियो एक्स–रे सेवा, सुगर परीक्षण, आवश्यकताअनुसार पिसाब परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था समेत गरिएको उपाध्यक्ष अर्यालले बताए ।
शनिबार शिविरमा १२५ जनाले स्वास्थ्य परीक्षण गरेको उपाध्यक्ष अर्यालले बताए । शिविर आइतबार पनि संचालनमा रहने उनले बताए ।
२०७४ सालमा स्थापना भएको सम्पर्क समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ । सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र १०४ जना साधारण सदस्य रहेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend