logo
  • शुक्रबार, असोज ३० २०८३

भारत भ्रमण : रवि लामिछाने फर्किंदै, मन्त्री शिशिर खनाल जाँदै


  • शुक्रबार, जेष्ठ २२ २०८३

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री खनाल दिउँसो २ः३० बजे भारत भ्रमणका लागि प्रस्थान गर्नेछन् ।

भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend