logo
  • शुक्रबार, असोज ३० २०८३

मुलुकका यी स्थानमा तातो लहरको चेतावनी, तापक्रम ३८ डिग्रीभन्दा माथि पुग्न सक्ने


  • बिहिबार, जेष्ठ २१ २०८३

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही भागमा तातो लहरको चेतावनी दिएको छ । त्यस्तै अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ ।

महाशाखाका अनुसार आगामी तीन दिन कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्नेछ ।

“मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर (हिट वेभ) हुने सम्भावना रहेकाले सतर्क रहनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

त्यस्तै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकाले विभागको सूचनामा अध्यावधिक रहन पनि आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend