काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको लागि शेर बहादुर देउवा पक्षका नेता कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । देउवा पक्षले अलग्गै सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।
अनामनगरमा वैशाखदेखि सम्पर्क कार्यालय स्थापना गरी विभिन्न जिल्लाका साथीभाइहरुसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरेको कांग्रेस महासमिति सदस्य मनोहरी श्रेष्ठ जानकारी दिए ।
विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन् , कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसले गर्दाखेरि हामीले चाहिँ यो अफिस, सम्पर्क अफिस खोलेका हौं, उनले बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend