बुटवल । सामाजिक कार्यमा सक्रिय पहिलो पाइला नेपाल बुटवलको अध्यक्षमा गौरव खनाल चयन भएका छन् । शनिबार भएको छौटोँअधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्धितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल र सहकोषाध्यक्षमा प्रकाश जिसि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अन्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।
साधारण सभा तथा अधिवेशनको वरिष्ठ पत्रकार टिकाराम यात्रीले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै यात्रीले पहिलो पाहिला नेपालले गरेका कामको प्रशंसा गर्दै निरन्तर रुपमा सामाजिक काममा लाग्न समेत आग्रह गरे ।
साथै यात्रीले छिट्टै चर्चित हुने महत्वकाक्षा राखे छिट्टै पतन हुने भएकाले त्यस्तो सोच राख्न नहुने समेत बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend