logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन औद्योगिक विद्यालयमा उत्कृष्ट खेलाडी सम्मानित


  • शुक्रबार, बैशाख २५ २०८३

बुटवल,   बुटवलको देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा उत्कृष्ट खेलाडी तथा विद्यार्थीलाई सम्मान गरिएको छ।

लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय ले आयोजित कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले आफू जिलेट कम्पनीमा बजारीकरण स्टाफका रूपमा काम गर्दै संघर्ष गरेर यहाँसम्म पुगेको अनुभव सुनाएका थिए।

उनले युवाहरूले सुझबुझका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै विद्यार्थीलाई आफ्नै देश निर्माणमा लाग्न आग्रह गरे। विदेशको सपना मात्र नदेखी त्यहाँको सीप र शिक्षा स्वदेशको विकासमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत ले विद्यालय सुधारका लागि भौतिक, व्यवस्थापकीय, आर्थिक र शैक्षिक सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालयका सबल तथा कमजोर पक्षबारे जानकारी गराएका थिए।

कार्यक्रममा अण्डर–१४ फुटबलमा रुपन्देही जिल्लामा उत्कृष्ट बनेका खेलाडीका साथै भलिबल, कबड्डी, एथलेटिक्स र तेक्वान्दोका उत्कृष्ट खेलाडी तथा उत्कृष्ट पञ्चेबाजा बजाउने विद्यार्थीलाई सम्मान गरिएको थियो।

प्रधानाध्यापक बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तेक्वान्दो खेलाडी प्रिन्स के.सी. ले गरेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend