logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा सडक र फुटपाथको अतिक्रमण हटाउन सुरु


  • बुधबार, बैशाख २ २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुरु गरेको छ। सहरलाई व्यवस्थित र सुन्दर बनाउने लक्ष्यसहित सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए।

उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यावसायीलाई स्वेच्छिक रूपमा सडक अतिक्रमण खाली गर्न आग्रह गरेको थियो। स्वेच्छिक खाली नगरेकालाई बुधबार उपमहानगरपालिकाले डोजरसहितको टोली परिचालन गरेर खाली गराएको हो।

बुधबार अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रको फुटपाथको अतिक्रमण हटाइएको छ। निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री बुधबार बिहान जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यात्रुका लागि सडक पेटीलाई सुरक्षित बनाउन कसैको अनुहार नहेरी काम गर्ने मेयर पाण्डेले बताए। पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो।

फुटपाथ व्यवसायीहरुले भने वैकल्पिक स्थान दिनुपर्ने माग गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend