logo
  • शुक्रबार, असोज ३० २०८३

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा नयाँ नेतृत्वको पद हस्तान्तरण


  • मंगलबार, चैत्र २४ २०८२

बुटवल । बुटवल पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २५ औँ वार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको मंगलवार एक समारोहका बिच पद हस्तान्तरण गरिएको छ ।

निवर्तमान अध्यक्ष टीकाराम गौतमको टीमले वर्तमान अध्यक्ष याम वहादुर जिसीको टीमलाई  पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रतिबद्धता व्यक्त गदै नवनिर्वाचित अध्यक्ष याम वहादुर जिसीले व्यवसायीक एकता र व्यवसायीको हितका लागि सधैँ खटिरहने प्रतिबद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गरे ।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण संगै निर्वाचित हरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । शपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले लोकतान्त्रीक पद्धतीवाट आएकोे नयाँ नेतृत्वले संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमुना बनाउन आह्वान गरे ।

कार्यक्रममा समितिको नेतृत्वका लागि अध्यक्षका प्रत्याशि प्रताव बहादुर कार्की र पंकज राईले समितिलाई व्यवसायीको पक्षमा चवलायमान बनाउने गरी नयां नेतृत्व क्रियाशिल रहने शुभकामना दिएका थिए ।  कार्यक्रममा समितिका पूव अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले नयां नेतृत्वले व्यवसयाीको संरक्षण र हकहितमा काम गर्न सुझाव दिए ।

कार्यक्रममा निर्वतमान महासचिव खिम बहादुर थापा नारायणले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट र निर्वतमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्वाचित कोषाध्यक्ष काशीराम पोखरेललार्ई चेक बुक हस्तान्तरण गरे । कार्यालय प्रमुख प्रकाश गैरेले नव निर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोबल उच्च रहने गरी कार्य सम्पादन गर्ने भन्दै सधैँ सहकार्य सहमतिमा अगाडी बढ्न सुझाव दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend