logo
  • शुक्रबार, असोज ३० २०८३

कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध


  • शनिबार, फाल्गुन ३० २०८२

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन विशेष अनुरोध गरेको छ।

दूतावासले आज सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो।

मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ।

थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend