logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकको पोल्टामा


  • शनिबार, फाल्गुन ३० २०८२

बुटवल ।  बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई वटा विधाको उपाधी आयोजक बुटवल व्याडमिन्टन क्लवका खेलाडीले चुमेका छन ।  त्यस्तै एउटा विधाको उपाधी  लाफा क्लवले  जितेको छ

प्रतियोगितामा मेन्स डबलमा बुटवल व्याडमिन्टन क्लवका विवेक न्यौपाने र डेभिड थापा ,भेट्रान्स डबल ५५ वर्षमाथिकोमा बुटवल व्याडमिन्टन क्लवकै गोपाल टण्डन र नवराज श्रेष्ठ  र मास्टर भेट्रान्स डबलमा लाफा क्लवका प्रसाद गुरुङ र पुरन गाहाले उपाधी चुमेका छन ।

मेन्स डबलमा बुटवल व्याडमिन्टन क्लवका विश्वास नेपाल र गणेश रायमाझी दोस्रो भएका छन भने लाफा क्लवका विनोद पौडेल र अरबिन्द्र श्रीपाली तथा लाफाकै हिमान्सु कवर र सुविन श्रेष्ठ तेस्रो भएका छन । त्यस्तै , भेट्रान्स डबल ५५ वर्षमाथिकोमा लाफाका राजु गुरुङ र दिलिप श्रेष्ठ  दोस्रो,भएका छन भने गुल्मीका निर बहादुर राना र खगेन्द्र रेग्मी तथा नेपालगंजका  गणेश क्षेत्री  जगत श्रेष्ठ तेस्रो भएका छन । त्यस्तै मास्टर भेट्रान्स डबलमा बुटवल व्याडमिन्टन क्लवका महेश्वर नेपाल र अशोक क्षेत्री दोस्रो भएका छन भने  तिलोत्तमा व्याडमिन्टन क्लवका थमन सारु र सुरज गुरुङ तथा बुटवल व्याडमिन्टन क्लवका नारायण तिवारी र बालदर गोदार तेस्रो भएको अम्पाएर अर्जुन कार्कीले बताए ।

प्रतियोगितामा उत्कृष्ठ खेलाडी बुटवल ब्याडमिन्टन क्लवका विवेक न्यौपाने घोषित भएका छन । प्रतियोगितामा विजेता तथा उपविजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले  नगद पुरस्कार मेडल टर्फी प्रदान गरेका थिए ।

प्रतियोगितामा मेन्स डबलतर्फ प्रथम हुने टिमले ५१ हजार रुपैयाँ, दोस्रो हुने टिमले ४१ हजार रुपैयाँ र तेस्रो हुने टिमले ३१ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।  त्यसैगरी ५५ वर्षमाथिको भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित कप, मेडल र ट्रफी प्राप्त गरेका छन् । यस्तै मास्टर भेट्रान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

क्लबका अध्यक्ष नलराज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका वरिष्ठ उपाध्क्षक्ष शम्भु भट्रराई कार्यक्रम संयोजक तथा तृतीय उपाध्यक्ष भानु केसी सचिव राजु खरेल लगायतले प्रतियोगिताको वारेमा प्रकाश पारेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend