logo
  • शुक्रबार, असोज ३० २०८३

कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो


  • बिहिबार, फाल्गुन २८ २०८२

काठमाडौँ । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमार्फत विभिन्न देश जान लागेका ६९ नेपाली यात्रुलाई सहजरिकरण गरेर गन्तव्यमा पठाइएको छ ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार हवाई क्षेत्र बन्द भएका कारण ती यात्रुहरू कुवेतमै अड्किएका थिए । त्यसपछि राजदूतावासले रियादस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर उनीहरूलाई सडक मार्गबाट आफ्नो गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाएको हो ।

राजदूतावासले आवश्यक सहजीकरण गर्दै अलपत्र परेका यात्रुहरूलाई सुरक्षित रूपमा यात्रा जारी राख्ने व्यवस्था गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend