logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा शुक्रबार कांग्रेसको चुनावी सभा, सभापति गगन थापाले सम्बोधन गर्ने


  • बिहिबार, फाल्गुन १४ २०८२

बुटवल । नेपाली कांग्रेसले बुटवलमा भोलि चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा शुक्रबार विहान १० बजे बुटवलको देवीनगरमा चुनावीसभाको आयोजना गरिएको हो ।

सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति गगनकुमार थापा लगायतका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रिय कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिले बताए ।

सभामा रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वाहरुको समेत उपस्थिती रहने छ ।

नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, २ मा चुन्नप्रसाद पौडेल, ३ मा शुशिल गुरुङ, ४ मा आशुतोष मिश्र र ५ मा भरतकुमार शाहलाई उम्मेद्वार बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend