logo
  • शुक्रबार, असोज ३० २०८३

सिँचाइको पुर्वाधार विकासमा विशेष जोड दिन्छु : उम्मेद्वार खत्री


  • शनिबार, फाल्गुन ९ २०८२

देवदह । नेपाली कांग्रेसको तर्फदेखि रुपन्देही क्षेत्रनम्बर-१ का उम्मेदवार हिराबहादुर खत्रीले किसानका मुद्दालाई सम्बोधन गर्नकालागि सिँचाइको पुर्वाधार विकासमा विशेष जोड दिने बताएका छन् । क्षेत्रनम्बर एकका धेरैजसो क्षेत्रहरु आकाशे पानीका भरमा निर्भर रहेका कृषियोग्य जमिनमा सिँचाइको सुविधा बढाउनकालागि मुख्य एजेण्डा बनाएर नीतिगत पहल गर्ने बताए ।

रुपन्देही क्षेत्रनम्बर एकका विभिन्न पालिकासँगै दक्षिणभेगको रोहिणी पालिकाका विभिन्न वडाहरुमा शनिबार घरदैलो, जभेटघाटका क्रममा किसानका गुनासा सुन्दै उहाँले खडेरीका समयमा कृषि उत्पादन घट्ने क्षेत्रमा सिँचाइको सुविधा बढाउने गरि काम गर्ने बताएका हुन् । आफुसँग भेटगरेका किसानले सिँचाइको अभावमा वर्षायाममा पनि खेतहरु बन्जर बन्ने गरेको गुनासो उल्लेख गर्दै खत्रीले ति गुनासा सुन्दै सिँचाइका लागि आफुले पहल गर्ने र गम्भिर भएर सरकारसँग कुरा उठाउने विश्वास ब्यक्त गरेका हुन् ।

रोहिणी गाउँपालिकाका ४, ५ र ६ वडाका विभिन्न टोलहरुमा शनिबार भएको घरदैलोमा त्यहाँका किसानले सिचाई, उन्नतविउ विजन, मलखाद, कृषि उत्पादनको भण्डारणलगायतका आवश्यकताहरुलाई उम्मेदवार खत्रीका विचमा राखेको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिए । सो क्रममा उम्मेदवार खत्रीले यसअघिनै जलासय सहित रोहिणी सिँचाइ बाँधको प्रस्तावलाई अगाडि सारेको स्मरण गर्दै यस क्षेत्रलाई सिँचाइ र जल पर्यटनको हब बनाउन सकिने गरि योजनालाई अगाडि बढाएको बताए ।

उनले रोहिणीसँगै ओमसतिया, देवदह, तिलोत्तमा पालिकाका विभिन्न क्षेत्रमा सिचाइ सुविधा पुर्याउनकालागि योजनावद्ध तरिकाले काम गर्ने बताए । उम्मेद्वार खत्री क्षेत्रनम्बर एकका विभिन्न पालिकामा दैनिकजसो घरदैलो र जनभेटघाट गर्दै आम नागरिकका गुनासा र सुझाव संकलन गर्नु भएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend