logo
  • शुक्रबार, असोज ३० २०८३

सम्बृद्ध बुटवलका लागि विश्वदिप पाण्डेका योजना सार्वजनिक


  • बुधबार, फाल्गुन ६ २०८२

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वदीप पाण्डेले राष्ट्रिय र स्थानीय विकासका लागि आफ्नो विस्तृत एजेन्डा सार्वजनिक गर्दै नागरिकसँग प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाण्डेले जनताले परिवर्तन चाहेको बताउँदै संविधानका चार स्तम्भ—लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता—को संरक्षण आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

उनले हरेक ६ महिनामा निर्वाचन क्षेत्रका नागरिकसँग ‘सार्वजनिक संवाद’ गर्ने र संसदीय भूमिकाको ‘रिपोर्ट कार्ड’ प्रत्येक वर्ष सार्वजनिक गर्ने, सरकारी सेवा प्रणालीलाई डिजिटलाइज गरी सबै प्रक्रिया एकद्वार नीतिमार्फत सहज बनाउने, धर्मका नाममा हुने राजनीतिक गतिविधि रोक्ने र प्रलोभनमा आधारित धार्मिक रूपान्तरण नियन्त्रण गर्ने कानुन निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यस्तै उम्मेदवार पाण्डेले स्थानीय तहका लागि छुट्टै सम्झौता गरिने घोषणा गरे । उनले बुटवल, तिलोत्तमा, सैनामैना र शुद्धोधन क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने बताए।  बुटवललाई ‘स्मार्ट सिटी’ र काठमाडौंबाहिरको ‘शैक्षिक राजधानी’ बनाउन पहल गरिने उनको घोषणा छ। त्यस्तै फोहोर प्रशोधन र पुनर्चक्रणका लागि ‘मेरो फोहोर, मेरो मोहोर’ अवधारणाअनुसार कार्यान्वयन हुने, झुम्सा खानेपानी योजना र तिनाउ नदीको पानी पूर्ण प्रशोधन गरी दीर्घकालीन पानी आपूर्ति सुनिश्चित गरिने उनको भनाई छ।

त्यस्तै मोतीपुर औद्योगिक क्षेत्र र आईटी कलेज स्थापना गरी रोजगारी सिर्जना गर्ने, वैकल्पिक चिकित्सालय स्तरोन्नति गर्ने र लुम्बिनी प्रादेशिक अस्पतालमा सुपथ तथा प्रभावकारी उपचारको व्यवस्था गर्ने योजना पनि उनको एजेन्डामा रहेको छ।

पाण्डेले ऐतिहासिक किल्ला र पुरातात्तिवक स्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने, ग्रामीण कृषि उत्पादनका लागि आधुनिक संकलन केन्द्र र ‘अर्गानिक स्टोर’ स्थापना गर्ने र सिँचाइ, मल, बीउ तथा कृषि उपकरणका लागि राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। साथै ग्रामीण र सहरोन्मुख क्षेत्रहरूमा चक्रपथ निर्माण, औद्योगिक तथा व्यावसायिक कृषि प्रवद्र्धन र सहरी क्षेत्रको व्यवस्थित विस्तार गर्न पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।

पाण्डेले युवालाई उद्यमशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्न बैंकबाट सहुलियत ऋण उपलब्ध गराईने, राज्यको समन्वयकारी भूमिकासहित रोजगारी सुनिश्चित गर्ने योजना सार्वजनिक गरे। एनले यी सबै पहललाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै समृद्धि, सुशासन र उत्तरदायी नेतृत्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त समेत गरे ।

सम्बृद्ध बुटवलका लागि पाण्डेका महत्वपूर्ण योजना सार्वजनिक

रुपन्देही क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वदीप पाण्डेले राष्ट्रिय र स्थानीय विकासका लागि आफ्नो विस्तृत एजेन्डा सार्वजनिक गर्दै नागरिकसँग प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पाण्डेले जनताले परिवर्तन चाहेको बताउँदै संविधानका चार स्तम्भ—लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिता—को संरक्षण आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे।

उनले हरेक ६ महिनामा निर्वाचन क्षेत्रका नागरिकसँग ‘सार्वजनिक संवाद’ गर्ने र संसदीय भूमिकाको ‘रिपोर्ट कार्ड’ प्रत्येक वर्ष सार्वजनिक गर्ने, सरकारी सेवा प्रणालीलाई डिजिटलाइज गरी सबै प्रक्रिया एक द्वार नीति मार्फत सहज बनाउने, धर्मका नाममा हुने राजनीतिक गतिविधि रोक्ने र प्रलोभनमा आधारित धार्मिक रूपान्तरण नियन्त्रण गर्ने कानुन निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यस्तै उम्मेदवार पाण्डेले स्थानीय तहका लागि छुट्टै सम्झौता गरिने घोषणा गरे। उनले बुटवल, तिलोत्तमा, सैनामैना रशुद्धोधन क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने बताए। बुटवललाई ‘स्मार्टसिटी’ र काठमाडौंबाहिरको ‘शैक्षिक राजधानी’ बनाउन पहल गरिने उनको घोषणा छ।

त्यस्तै फोहोर प्रशोधन र पुनर्चक्रणका लागि ‘मेरो फोहोर, मेरो मोहोर’ अवधारणा अनुसार कार्यान्वयन हुने, झुम्साखाने पानी योजना र तिनाउ नदीको पानी पूर्ण प्रशोधन गरी दीर्घकालीन पानी आपूर्ति सुनिश्चित गरिने उनको भनाई छ। त्यस्तै मोतीपुर औद्योगिक क्षेत्र र आईटी कलेज स्थापना गरी रोजगारी सिर्जना गर्ने, वैकल्पिक चिकित्सालय स्तरोन्नति गर्ने र लुम्बिनी प्रादेशिक अस्पतालमा सुपथ तथा प्रभावकारी उपचारको व्यवस्था गर्ने योजना पनि उनको एजेन्डामा रहेको छ।

पाण्डेले ऐतिहासिक किल्ला र पुरातात्तिवक स्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने, ग्रामीण कृषि उत्पादनका लागि आधुनिक संकलन केन्द्र र ‘अर्गानिक स्टोर’ स्थापना गर्ने र सिँचाइ, मल, बीउ तथा कृषि उपकरणका लागि राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए । साथै ग्रामीण र सहरोन्मुख क्षेत्रहरूमा चक्रपथ निर्माण, औद्योगिक तथा व्यावसायिक कृषि प्रवद्र्धन र सहरी क्षेत्रको व्यवस्थित विस्तार गर्न पहल गरिने प्रतिवद्धता व्यक्त गरे।

पाण्डेले युवालाई उद्यमशीलता र नवप्रवर्तन तर्फ प्रेरित गर्न बैंकबाट सहुलियत ऋण उपलब्ध गराईने, राज्यको समन्वयकारी भूमिका सहित रोजगारी सुनिश्चित गर्ने योजना सार्वजनिक गरे। एनले यी सबै पहललाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै समृद्धि, सुशासन र उत्तरदायी नेतृत्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त समेत गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend