logo
  • शुक्रबार, असोज ३० २०८३

आदिवासी जनजाति समुदायको चुन्नप्रसाद पौडेलसँग साक्षात्कार


  • सोमबार, फाल्गुन ४ २०८२

बुटवल  । आदिवासी जनजाति समुदाय परिचालन समितिको आयोजनामा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार चुन्न प्रसाद पौडेल सँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र प्रतिनिधित्वका विषयमा गम्भीर छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै रुपन्देही–२ का सभापति तथा निर्वाचन परिचालन संयोजक प्रजापाल गिरीले नेपाली कांग्रेसले सबै जातजातिलाई आधार मानेर संविधान निर्माण गरेको उल्लेख गरे । उनले कांग्रेस सधैं समावेशी सिद्धान्तको पक्षमा रहेको र आदिवासी जनजातिलाई स्थानीय तहदेखि केन्द्रसम्म स्थान दिँदै आएको बताए । शुभकामना मन्तव्य दिँदै लोकतन्त्रवादी आदिवासी जनजाति संघ रुपन्देहीका सभापति नर बहादुर थापाले लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको स्मरण गरे ।

हरेक लोकतान्त्रिक आन्दोलनमा जनजाति समुदायले आफ्नो ज्यान र बलिदान दिएको छ उनले भने, अब उनीहरुको हक अधिकार सुनिश्चित हुनु आवश्यक छ । कार्यक्रममा बोल्दै उम्मेदवार चुन्न प्रसाद पौडेलले आदिवासी जनजाति समुदायसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । म निर्वाचित भएर केन्द्र पुगेपछि आदिवासी जनजातिका मागहरुलाई सशक्त रुपमा उठाउनेछु उनले भने  ।

उनका अनुसार पहिचानको अधिकार, समान अवसर तथा राज्यका सबै संरचनामा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नु आफ्नो प्राथमिकतामा पर्नेछ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्द पहराईले पनि आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका सवालमा पार्टी स्पष्ट रहेको बताए । ।

उनले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राम बहादुर कार्की, छन्द बहादुर पहराई मगर, लोकतन्त्रवादी आदिवासी जनजाति संघ रुपन्देहीका सभापति नरबहादुर थापा, तरुण दलका नगर अध्यक्ष सुदन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति निर्वाचन परिचालन संयोजक झप्पड बहादुर गुरुङले गरेका थिए । स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति नगर कमिटीका सभापति अरुण श्रेष्ठले राखेका थिए ।  त्यस्तै बुटवल–४ का वडा सभापति अरुण श्रेष्ठले पनि अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नर बहादुर रजाली मगरले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend