logo
  • शुक्रबार, असोज ३० २०८३

गुरुकुल सिएद्वारा मेगा क्वीज एण्ड स्टुडेण्ट कन्केलेभ, रुपन्देही भरका विद्यार्थी सहभागि


  • आइतबार, फाल्गुन ३ २०८२

बुटवल । गुरुकुल कमर्स एकेडेमी (गुरुकुल सिए) तिलोत्तमाले मेगा क्वीज एण्ड स्टुडेण्ट कन्केलेभ गरेको छ । शनिवार रुपन्देहीमा अध्ययनरत व्यवस्थापन र विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी उक्त क्वीज एण्ड स्टुडेण्ट कन्केलेभ गरिएको हो ।

उक्त क्वीजमा विज्ञान संकाय तर्फ निश्चल जिसि प्रथम भएका छन भने व्यवस्थापन संकाय तर्फ आकाश गौचन प्रथम भएको गुरुकुल सिएका फाउण्डर तथा डारेक्टर मुकुल भट्टले बताए । व्यवस्थापन संकायमा जीवन भण्डारी द्धितीय, प्रसिद्ध गौतम तृतीय भए । यस्तै विज्ञान संकायमा शुभास भट्टराई द्धितीय र शिशिर मल्ल तृतीय भए ।

प्रथम, द्धितीय र तृतीय भएकालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको डारेक्टर भट्टले बताए ।  यस्तै क्वीजमा टप १० सम्म पर्नसफल भएकाहरुलाई पनि डिफ्ट प्रदान गरिएको भट्टले बताए ।

प्रतियोगितामा व्यवस्थापन संकायमा आरती ढुङ्गना, सन्दिप ढकाल, विजय घिमिरे, सम्रराट पोखरेल, क्रिशभ रेग्मी, दिपेश घिमिरे र प्रिन्सेस पौडेल टप १० भित्र परेका थिए ।  साथै विज्ञान संकायमा निशान्त भट्टराई, युजिना बुढाथोकी, दृष्टी न्यौपाने, कृष्ण काफ्ले, हर्षित मिश्र, अमृत पन्थी र हर्षित खनाल टप १० भित्र परेका थिए ।

उक्त क्वीज तथा कन्केलेभमा रुपन्देही जिल्ला भरका विभिन्न विद्यालयबाट गरी व्यवस्थापन संकायमा २०० र विज्ञान संकायमा ११२ जना विद्यार्थीहरु सहभागि रहेका थिए । क्वीजमा इन्टान्र्समा आउने मोडेलका प्रश्नपत्रहरु सोधिएको गुरुकुल सिएका फाउण्डर मुकल भट्टले बताए ।

क्वीजमा सहभागि हुनका लागि विद्यार्थीहरुबाट कुनै पनि शुल्क नलिएको उनले बताए । गुरुकुल सिएले ५ लाखमा नै ५ वर्षको चार्टर्ड एकाउन्टको पूर्ण कोष अध्ययन गर्न सकिने बताए ।

साथै उनले चार्टर्ड एकाउन्ट पढ्नको लागि मात्रै काठमाडौँ जान नपर्ने बताउँदै आफुहरुले काठमाडौँको जतिकै गुणस्तरीय शिक्षा प्रदान गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend