बुटवल ।नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरे । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ । उहाँले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताएका हुन् ।
काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताउनुभयो । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ, ’उनले भने ।
‘२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ रु ७४ जना आमाको काख किन जल्यो, देशको सिंहदरबार, संसद् भवन किन जल्यो, अरबौं खरबौंको क्षति किन भयो, देशमा त्यो प्रकारको निराशा किन भयो रु यो भएको कुराको गम्भीर समीक्षा गरेर मतदातालाई मत दिन काँग्रेस आग्रह गर्ने हो, ’शर्माले भने ।
देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उनको भनाइ छ । ‘यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन, ’उनले भने ।पुरानाका दिन गए भन्न नमिल्ने उनको भनाइ छ । यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताए । ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो, ’शर्माले भन्नुभयो । जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको उहाँले बताए ।
संसार बदल्न छु भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।त्यस्तै पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आउन जरुरी रहेको बताए उन ले काँग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।। काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल बनाएको र काँग्रेस नेतृत्वले नै यसको सञ्चालन गर्ने उनको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकको समस्याको समाधान काँग्रेसले मात्रै गर्न सक्ने बताए । प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न काँग्रेसलाई चुनावमा जिताउन आवश्यक रहेको उनले बताए । सो अवसरमा रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनीधि सभा निर्वाचनमा उम्मेदवार बनेका क्षेत्र नं। १ का हिराबहादुर खत्री, क्षेत्र नं। २ का चुन्नप्रसाद पौडेल, क्षेत्र नं। ३ का सुशिल गुरुङ, क्षेत्र नं। ४ का आशुतोष मिश्रा र क्षेत्र नं। ५ का भरतकुमार शाहले समेत सम्बोधन गरे ।
काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न ने बताए । कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही ,सचिव हरि काफ्ले लगायतले बोलेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend