काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको साँघुरो हारबाट आफू निराश रहे पनि टिमको प्रदर्शनप्रति गौरवान्वित रहेको प्रतिक्रिया दिएका छन् ।
नेपालले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डसँग चार रनको साँघुरो हार बेहोरेको थियो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाउँदै इंग्ल्यान्डमाथि कडा चुनौती दिएको थियो । चार रनको झिनो हारपछि नेपाली टिमका कप्तान रोहितले इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय रहेको बताए ।
“निराशा छु । तर, मलाई टोलीप्रति धेरै गर्व छ । इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय छ, टिमका सबैले आफ्नो शतप्रतिशत दिए,” रोहितले भने “हामी यहाँ केवल सहभागिता जनाउन मात्र आएका होइनौँ भन्ने विश्वास थियो । यदि, हामीले हाम्रो आफ्नै शैलीको क्रिकेट खेल्यौँ भने, हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौँ ।”
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend