बुटवल । बुटवलस्थित जितेश्वरी दुर्गा मन्दिर ब्यवस्थापन संस्था परिसरमा भविष्य पुराण तथा धान्याचल महायज्ञ २०८२ शुरु भएको छ ।
उर्वरभुमि नेपाल र जय महाकाल युवा समुहको आयोजनामा आईतबारदेखी महायज्ञ शुरु भएको हो । महायज्ञ फागुन ४ गतेसम्म संचालन हुनेछ । शनिबार पत्रकार सम्मेलन गरि उर्वरभुमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले स्वस्थानी समापनसंगै १०८ महापुराण संकल्प अनुसार पवित्र पशुपतिनाथबाट शुरु भएर देशका विभिन्नस्थानमा भविष्य पुराण तथा धान्यान्चल महायज्ञ गर्ने बताए ।
कथावाचक मृदुभाषि युवा पं अच्युत कृष्ण अधिकारीले प्रवचन दिने छन । देशलाई सतिको श्रापबाट मुक्तिका लागि यो जरुरी रहेको उनले बताए । सतिजागृत हुने गरि यो अभियान थालेको उनले बताए । आफु ६ सय केजी तामाबाट निर्माण भएको सतिदेविलाई बोकेर हिडेको महादेवको मुर्ति लिएर देशब्यापी रुपमा यो अभियान चलाएको समेत उनले बताए ।
कार्यक्रममा जितेश्वरी दुर्गा मन्दिर ब्यवस्थापन संस्थाका अध्यक्ष बालकृष्ण गैरे, सचिव ताराप्रसाद गौडेलले महायज्ञ जस्तो पवित्र कर्ममा स्थान उपलब्ध गराएको भन्दै बचत रकमबाट मन्दिरको पूर्वाधारमा सहयोग गर्न आग्रह गरे ।
यता आयोजक संस्था जयमहकालका युवा समुह रुपन्देही जिल्लाका अध्यक्ष देवेन्द्र बहादुर केसीले ‘भोकोलाई भोजन, प्यासालाई पानी’ नारासहित आफुहरु संस्थागत रुपमा अघि बढेको उनले बताए । संस्थाबाट बुटवलमा एक दर्जन बढि असहाय र गरिब वृद्घवृद्घाहरुलाई ब्यवस्थापन गर्दै आएको उनले बताए । आश्रम र अक्षयकोष स्थापना गरि सामाजिक कार्यमा अग्रसर हुने योजना रहेको उनले बताए ।
पाठपारायण पंडित नारायण अधिकारीले बिराट महायज्ञमा आईतबार विधिवत पुजाअर्चना र झाकी रयाली समेत भएको छ । कार्यक्रममा महाकालका जिल्ला संयोजक प्रदिप पोखरेलले हिन्दु धर्म रक्षा र समाजसेवाको भावनाका साथ आफुहरु लागेको बताए ।