logo
  • शुक्रबार, असोज ३० २०८३

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित


  • बिहिबार, माघ २३ २०८२

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न योजनाहरु पारित गरेको छ । चितवनको सौराहामा सम्पन्न कार्यशालाले आगामी दुई वर्षदेखि दश वर्षसम्म गर्न सकिने योजनाहरु छनोट गरी पारित गरेको हो ।

जस अनुसार स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नारालाई आत्मसाथ गर्दै सदस्यता विस्तार, २०८३ पुसमा बुटवल मण्डपमा पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना, संस्थागत सुदृढीकरण, उद्योगी व्यवसायीहरुको क्षमता विकास, अवलोकन भ्रमण, नीति संवाद, १५ वटा वस्तुगत समिति गठन, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता लगायत योजना पारित भएका छन् ।

कार्यशालाले आगामी एक वर्षभित्र एक हजार जना नयाँ सदस्यलाई संघमा आवद्ध गराउने, आजिवन सदस्यता बिस्तारमा सयजना थप गर्ने, मानार्थ सदस्यमा २० जना थप गर्ने र निष्क्रिय तथा पुराना सदस्यलाई सक्रिय बनाउन विशेष अभियान सञ्चालन गरिने भएको छ ।

यस्तै संघको भवन निर्माण, नयाँ प्रविधि तथा व्यवस्थापन अध्ययन, औद्योगिक/व्यावसायिक सिप बिकास सम्वन्धी तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रर्दशनी सहभागिता तथा अवलोकन, राजनैतिक दलहरुसँग भेटघाट, सरकारी/गैरसरकारी निकायहरुसँग भेटघाट तथा समन्वय गर्ने योजना पारित भएको छ । यस्तै संस्थागत क्रियाकलापमा  सीप बिकास तथा उद्यमशील तालिम/अभिमुखिकरण, भन्सार एकरुपताका तथा भन्सार नियमावली, आयात निर्यात, खुल्ला सीमाना सम्बन्धी अन्तरक्रिया/गोष्ठी, लेखा, कर राजश्व र भन्सार सम्वन्धि प्रशिक्षण तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रयोग प्रवर्द्धन सम्वन्धी अन्तरक्रिया गर्ने योजना पारित भएका छन् ।

यस्तै दिर्घकालिन योजना अन्तर्गत उद्योग व्यापार संघ बुटवलको राहत कोष स्थापना/कल्याणकारी कोष स्थापना, सचिवालय भवन निर्माण, मानार्थ सदस्यता प्रदान, आर्थिक पत्रकारिता पुरस्कारलाई निरन्तरता र सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्ने योजना पनि पारित भएका छन् । यस्तै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग तथा राहत अनुदानको लागि पहल, घर भाडा समस्या समाधानमा पहल, वस्तुगत समितिका समस्या पहिचान गरि समाधानमुलक कार्यक्रम, स्थानीय सरकारसँग समन्वय तथा बिभिन्न व्यवसायिक कार्यक्रममा सहभागिता, अनुदानमा आधारित कार्यक्रमहरु, आन्तरिक राजश्व कार्यालय सँग समन्वय तथा कर दिवश कार्यक्रम, व्यवसाय मैत्री हेल्थ डेक्सको सुरुवात गर्ने योजना कार्यशालाले पारित गरेको महासचिव विजय आचार्यले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसँग संस्थाको सहकार्य संस्थाप्रति समाजको सकरात्मक छवि निर्माणलाई प्राथमिकता दिएर धरासायी तथा समस्याग्रस्त व्यवसायीको परिवारलाई सहयोग, बृक्षरोपण तथा संरक्षण, रक्तदान, प्राकृतिक दैवी प्रकोपबाट प्रभावितहरुलाई सहयोग, साँस्कृतिक सम्पदा संरक्षण, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने योजना पनि पारित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend