logo
  • शुक्रबार, असोज ३० २०८३

कांग्रेसको चुनावी घोषणापत्र छोटो, सबैले अपनत्व लिने किसिमको हुनेछ : प्रवक्ता चालिसे


  • शनिबार, माघ १८ २०८२

काठमाडौं । नेपाली कांग्रेसले सबैले अपनत्व लिने गरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएको छ ।  शनिबार (माघ १७) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् ।

घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको उनले उल्लेख गरे । उनले त्यसनिम्ति विज्ञसँग सुझाव लिइएको र नागरिकका आवाज पनि संकलन गरिएको बताए ।

“घोषणापत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसाबले तयार पारिरहेका छौँ । मेरो होस् भनेर अपनत्व गरून् । त्यसका लागि विज्ञहरूसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ,” उनले भने, “डेमोक्रेटिक हिसाबले दस्ताबेज बनाएका छौँ । केही समय लागेको हो ।”

कांग्रेसको घोषणापत्र सानो, छोटो हुने उनले जानकारी दिए । चुनावी घोषणा सबैले सहज रूपमा बुझ्न सक्ने हुने र केही दिनपछि नै सार्वजनकि गरिने उनले बताए ।

“यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ,” उनले भने, “केही दिनपछि नै प्रतीक्षारत घोषणापत्र सार्वजनिक गर्छौं ।” न्युज एजेन्सी नेपाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend