काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको काम सकिने चरणमा पुगेको छ ।
गत भदौ २३ गते राज्य पक्षबाट र २४ गते प्रदर्शनकारीबाट घटाइएका घटनामा भएको धनजनको क्षति छानबिन र दोषीलाई कारबाहीका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले अहिले प्रतिवेदन लेखनको काम भइरहेको बताए ।
आयोगले मुख्य गरी दुई खण्डमा जाँचबुझ कार्य सम्पन्न गर्ने छ । घटनाको विश्लेषण गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझाव र दोषीमाथि कारबाहीका लागि सिफारिस हुनेछ । जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले छानबिनका लागि तीन महिनाको समय दिएर जाँचबुझ आयोग गठन गरेको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend