logo
  • शुक्रबार, असोज ३० २०८३

रुपन्देही जिल्ला अदालतबाट रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न अस्वीकार


  • बिहिबार, माघ १६ २०८२

बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।

जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएकाले सो रिटको अन्तिम आदेश नआएसम्म जिल्ला अदालतले मुद्धा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो ।

यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend