logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन औद्योगिक मावि सुरक्षा सम्बन्धी साक्षात्कार


  • बुधबार, माघ १५ २०८२

बुटवल ,माघ १४
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाद्वारा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी साक्षात्कार तथा निःशुल्क सिम वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

उक्त साक्षात्कार कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका इन्जिनियर आशिष ज्ञवालीले साइबर सुरक्षा सम्बन्धी साक्षात्कार कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाइसौँ वार्षिक उत्सवको शुभ अवसरमा साइबर सुरक्षासम्बन्धी साक्षात्कार तथा निःशुल्क सिम वितरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरवाका अधिकृत नारायण पोखरेलको सञ्चालनमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend