logo
  • शुक्रबार, असोज ३० २०८३

अबको प्रधानमन्त्री गगन थापा होः चन्द्र भण्डारी


  • मंगलबार, माघ १४ २०८२

बुटवल । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं। १ र २ का उम्मेदवारले अबको प्रधानमन्त्री गगन कुमार थापा भएकाले काँग्रेसलाई जिताउनको लागि आग्रह गरेका छन ।

नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले तिलोत्तमामा आज आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुल्मीका दुबै क्षेत्रका कांग्रेस उम्मेदवारले काँग्रेस रुपान्तरण भएको र अब समग्र मुलुकलाई बदल्न सक्न तागत रहेको बताएका छन ।

नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नं। १ का उम्मेदवार डाक्टर चन्द्र भण्डारीले सिंगो काँग्रेस एक ठाउँमा उभिएको  र अहिले देशभर उत्साह आएको बताए ।

अहिलेको निर्वाचनमा ११० जना उम्मेदवार नयाँ अनुहार भएको बताउँदै भण्डारीले काँग्रेस बदलिएकाले देशभर उत्साह पैदा भएको दाबी गरे ।  प्रतिनिधि सभाको निर्वाचन पछि संविधान संसोधन हुनुपर्ने  र अहिलेको आवश्यकता समेत रहेको नेता भण्डारीको भनाई छ ।

अहिले भएको परिवर्तनको बिउ संसदमा आफूले  रोपेको भन्दै भण्डारीले अहिले त्यसको फल स्वरूप गगन विश्वहरू आएको उहाको भनाइ छ। उहाले देशभर रूखमा भोट दिएर कांग्रेसको सरकार बने सुशासनसहित देश बलियो बन्ने बताए ।

नेपाली काँग्रेस गुल्मी क्षेत्र नं। २ का उम्मेदवार भुवनप्रसाद श्रेष्ठले विशेष महाधिवेशन पछि काँग्रेस बदलिएको र नयाँ उत्साहसहित चुनावमा होमिएको बताए ।

अबको प्रधानमन्त्री गगन कुमार थापा भएको बताउँदै उहाँले महाधिवेशन पटि काँग्रेसमा उत्साह छाएको बताए । रूखमा मत दिएर देश बदल्नुपर्ने उहाको भनाइ छ ।
रूपन्देही क्षेत्र न २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चुन्नप्रसाद पौडेलले सबैको सहयोग र उर्जाले बुटवलमा कांग्रेसको बिरासत फर्काउने बताए । । यसपटक नयां अनुहारसहित कांग्रेसका उम्मेदवार आएकाले सबैले काम गर्ने मौका दिने अपेक्षा गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend