बुटवल माघ १०
रुपन्देही–२ नम्बर क्षेत्रका युवाहरूको एकता, सहकार्य र सकारात्मक भूमिकालाई सुदृढ बनाउने उद्देश्यले एक विशेष युवा भेला सम्पन्न भएको छ। उक्त भेलाको समन्वय होविन्द्र कार्की, सुमित गुरुङ, रविन श्रेष्ठ र पुरन रानाले गर्नुभएको थियो।
आज सङ्कर नगर बनवाटीकामा करिब २५० युवाहहरुको भेलामा कुनै व्यक्तिगत वा स्वार्थ प्रेरित उद्देश्य नरहेको स्पष्ट गर्दै, सहभागी युवाहरूले सामूहिक एकता नै समाज परिवर्तनको मुख्य शक्ति हुने धारणा व्यक्त गरेका थिए। कार्यक्रमले युवाबिच आपसी समझदारी, एकता र साझा लक्ष्यप्रति प्रतिबद्धता अभिवृद्धि गर्ने सन्देश दिएको जनाएको छ । उनीहरूले भेला राजनीतिक नभएर भाइचारा भएको बताएका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend