logo
  • शुक्रबार, असोज ३० २०८३

चुनावी अभियान सुरु गर्दै सोमप्रसाद पाण्डेले भने–पाल्पाबासीको आग्रहमा उम्मेदवार भएँ


  • शुक्रबार, माघ १० २०८२

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद  पाण्डेले चुनावी अभियान सुरु गरेका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पुर्जाआजा पछि पत्रकार सम्मेलनको आयोजना गरि चुनाबी अभियानको सुरुवात गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले आफु सांसद मन्त्री हुँदा मात्रै नभई अन्य समयमा पनि पाल्पाको विकासका लागि निरन्तर प्रयत्न गरिरहेको बताए ।

यस्तै उम्मेदवार पाण्डेले सिद्धबाबाको सुरुङमार्ग निर्माण गर्न आफुहरुले विशेष भूमिका निर्वाह गरेको बताए । उनले अर्थमन्त्री युवराज खतिवडा हुँदा सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत पुग्दैन भन्दा आफु अनसन बस्ने चेताबनी दिए पछि मात्रै सुरुर्माग निर्माणका लागि बजेटको सुनिश्चिता भएको बताए ।

‘सुरुमार्ग निर्माण गर्ने लगानी राज्यको हो, यसको निर्माणका लागि मैले धेरै प्रयत्न गरेको छु, अर्थमन्त्रीले बजेट सुनिश्चता गर्न आनाकानी गर्दा म अनसन बस्ने चेतावनी पनि दिएको हुँ । मैले सडक बने यता झण्डै १ हजार जनाले ज्यान गुमाउनु परेको छ । नागरिकको जिउ ज्यान भन्दा ठूलो कुरा केही होइन्, जसरी पनि सुरुङ मार्ग बनाउनै पर्छ भनेपछि बजेट सुनिश्चिता भएर निर्माण भएको हो,’– उनले भने ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी जेनजीहरुले उठाएको देशमा सुशासन ल्याउनका लागि प्रतिबद्ध रहेकाले सबै जेनजीहरुलाई पार्टीमा आउन समेत आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend