बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देहीको क्षेत्र नम्बर १ र २ का उम्मेदवारको टिकट वरिष्ठ नेता बालेन साहको कोटामा परेको छ ।
रुपन्देही १ बाट उनी निकट सुनिल लम्साल र २ बाट ई. आशिष सुवेदीले टिकट पाएका हुन् । बालेन मेयर छँदा वातावरण सल्लाहकार रहेका सुनिल रास्वपाको महामन्त्री दाबेदार हुन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भिड्न लागेका सुवेदी लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा अखिल क्रान्तिकारीबाट स्ववियू सभापति भएका थिए । रूपन्देहीको तिलोत्तमा निवासी उनी रास्वपामा नयाँ अनुहार हुन् ।
रास्वपा रुपन्देही ३ का सभापति मधु अर्यालले लम्साल १ र सुवेदी २ मा उम्मेदवार भएको बताए ।