logo
  • शनिबार, कार्तिक १ २०८३

 प्राणीशास्त्रको दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा


  • शनिबार, पुष २६ २०८२

बुटवल, पुस २६ । प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा  आजबाट सुरु भएको छ ।
प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जुलोजि आजदेखि सुरु सम्मेलनमा देशमा सातै प्रदेशका प्राणीशास्त्र सम्वन्धी प्राध्यापकहरु उपस्थिति रहेकाे छ । सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले उद्घाटन गर्दै  प्राणीको अध्ययन अनुसन्धान जरुरी रहेकोसँगै आएकाे प्रतिवेदन उपयाेगी बनाउनु पर्ने बताए ।कार्यक्रममा संस्थाका महासचिव डा हरिप्रसाद शर्माले माछा देखि हात्ती सम्मका प्राणीको तथ्याङ्क संकलन गरिरहेको र प्रतिवेदन सरकारलाई बुझाउने बताए ।लुम्बिनी प्रदेश अध्यक्ष बाबुराम बन्जाडेले  सातै प्रदेशका प्राणी शास्त्रीहरुको जमघट बुटवलमा भएको र दुई दर्जन कार्य पत्र पेश हुने बताए । दुई दिने सम्मेलन पछि बुटवल घोषणा पत्र जारी हुने बन्जाडेले बताए । कार्यक्रमलाई सम्मेलनमा  प्राज्ञिक, बैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गर्नु सम्मेलनको उदेश्य रहेको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए । सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव बन्यजन्तु द्वन्द र न्युनिकरण लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए । सम्मेलनको दोस्रो दिन भाेलि पाल्पाकाे नुवाकोटमा सेमिनार हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend