बुटवल । रुपन्देहीको तिलोत्तमामा एक परिवारले भुमाफियाले जालझेल गरेर करोडौँ रुपैयाँ पर्ने जग्गा आफ्नो नाममा गराएको गुनासो गरेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड १४ सुपौलि बस्ने पूर्णबहादुर श्रेत्रीको परिवारले सोही वार्डमा रहेको जग्गालाई भुमाभियाहरुले विभिन्न जालझेल गरेर आफ्नो नाममा गराएको गुनासो गरेका छन्।
आज बुटवलमा पत्रकार सम्मेलन गरी पीडित पूर्णबहादुर र उनकी श्रीमती सुनिताले गुनासो गरेका हुन्।उनीहरूले न्याय दिन सम्बन्धित सरकारी पक्षसँग आग्रह गरेका छन् ।
पूर्ण बहादुरले आफू अनपढ भएको फाइदा उठाउँदै तिलोत्तमा १४ रहेको चौध कट्टा स्रोह धुर जग्गालाई दिष्टीबन्धकको कागजमा गराए पनि झुक्काएर रजिस्ट्रेसन पास गरेको एक वर्ष पछि थाहा पाएको पत्रकार सम्मेलनमा बताए।
उनले जग्गा दिष्टीबन्धन गराउने तथा बैक तथा वित्तीय संस्थासँग मिलोमोतो गरेर आफूहरू माथि अन्याय रुपन्देहीको ओसशतिया वार्ड ३ बस्ने आकाश खान लगायतको समूहले गरेको गुनासो गरेका छन्।
उनले उक्त समूहले तिलोत्तमा रहेको अन्य जग्गाहरू विभिन्न जालझेल गरेर आफू र आफ्नो परिवारलाई थाहा नै नदिई जग्गा रजिष्ट्रन पास गरेको गुनासो गर्दे न्यानोको जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय ,विभिन्न राजनीतिक दल,मानव अधिकार आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निवेदन दिने तयारी गरेको बताए।उनले न्यायको सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend