logo
  • शुक्रबार, असोज ३० २०८३

फागुन २१ को निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त


  • आइतबार, पुष २० २०८२

बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि आवश्यक प्रशासनिक नेतृत्वको टुंगो लगाएको हो।

आयोगका अनुसार न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। त्यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम गरिएको यो नियुक्ति आगामी पुस २५ गतेदेखि लागू हुनेछ। नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आगामी माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रमा पुगेर कार्यालय स्थापना गर्नुपर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend