काठमाडौं । नेपाली कांग्रेसले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी निष्कासन, निलम्बन वा कारबाहीमा परेकाहरूलाई कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृतिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी्मिनाहा गर्ने निर्णय गरिएको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यसरी कारबाही माफी्मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend