logo
  • शनिबार, कार्तिक १ २०८३

क्याननमा चिनियाँ भाषाको कक्षा सुरु, संस्कृत भाषामा पनि पढाई गर्ने तयारी


  • शनिबार, पुष १२ २०८२

बुटवल – पुस १२
बुटवलको एक निजी विद्यालयमा ऐच्छिक कक्षाका रूपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ।
बुटवलको सुख्खा नगरमा रहेको क्यानन माध्यमिक विद्यालयले ऐच्छिक कक्षाका रूपमा चिनियाँ भाषाको पढाई सुरु गरेको जनाएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उद्देश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ ।
क्याननले नै विद्यालय तहका विद्यार्थीहरूलाई चिनियाँ भाषाको कक्षा सुरु गर्ने यस क्षेत्रको पहिलो विद्यालय बनेको छ ।
बुटवलबाट नजिकै बुद्ध जन्मस्थल लुम्बिनी रहनु र भाषाले ज्ञानको दायरालाई फराकिलो बनाउने भएकाले इच्छुक विद्यार्थीहरूलाई ऐच्छिक रूपमा चिनियाँ कक्षा सुरु गरिएको विद्यालयका प्राचार्य शङ्कर भण्डारीले बताए।उनका अनुसार कक्षा ४,५,६ र ७ का विद्यार्थीलाई ऐच्छिक रूपमा भाषा कक्षा सुरु गरिएको हो । क्याननले गत सातादेखि भाषा कक्षा सुरु गरेको भण्डारीको भनाई रहेको छ।विद्यालयमा किताबी ज्ञानसँगै विश्वसँग प्रतिस्पर्धा गर्नका लागि कुनै पनि शुल्क नलिएर चिनियाँ भाषाको कक्षा थालनी गरिएको प्राचार्य भण्डारीले बताए । उनले चिनियाँसँगै निकट भविष्यमा संस्कृत भाषाको समेत पढाई गरिने तयारी भएको खुलाए ।
नेपालको छिमेकी देश समेत भएकाले चिनको भाषा सिक्दा त्यसले प्रविधि, ज्ञान सिप र संस्कृति बुझ्न सहजता थप्ने विश्वास गरिएको छ।सिकाएको दायरा फराकिलो बनाउन अतिरिक्त क्रियाकलापका साथै रचनात्मक कार्यक्रमहरूलाई बढाउँदै लगिएको विद्यालयका सह प्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend